
धनगढी: डोटीस्थित सेती नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

शिखर नगरपालिका–४ बनोली बस्ने गणेश महराका १९ वर्षीय छोरा नरेश महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

स्थानीय र प्रहरीको सहकार्यमा शुक्रवार खोलामै युवकको शव फेला परेको बताइन्छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।
