Skin_Hospital_Dhn

आजदेखि एसईई परीक्षा, देशभरबाट चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै

काठमाडौं ।
यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।

एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् ।

बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ ।

यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो ।

सम्बन्धित
Loading...