Skin_Hospital_Dhn

पाटन नगरपालिकामा आइतबार शोक बिदा

बैतडी: बैतडीको पाटन नगरपालिकाले यहि चैत्र ३१ गते (आइतबार) शोक बिदा दिएको छ।

पाटन नगरपालिका अन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यालय सहयोगी पदमा कार्यरत मनिराम बिष्टको निधन भएकाले आइतबार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बिष्टकोे चैत २८ गते असमायिक निधन भएको थियो। आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाको सुचनामा उल्लेख गरिएको छ।

सम्बन्धित
Loading...