
काठमाडौं ।
आज (शुक्रबार) बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई मौसम सामान्यता सफा रहेको छ ।
शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
