Skin_Hospital_Dhn

धनगढीको सुप होटलबाट १३ जना जुवाडे पक्राउ, १ लाख १२ हजार बरामद

धनगढीः कैलालीको धनगढीस्थित सुप होटलबाट १३ जुवाडे पक्राउ परेका छ्न्।

धनगढी उपमहानगरपालिका–३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर, धनगढी–३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षीय नवीन थापा, ३० वर्षीय मनोज चन्द, झलक रावल, धर्म रोकाया, मीनबहादुर चन्द, घोडाघोडी नगरपालिका–२ बस्ने ४१ वर्षीय दुर्गा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै बझाङको छविस पाथिभेरा गाउँपालिका–२ का ३८ वर्षीय उधव कठायत, सूर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका–६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका–१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ।

उनीहरूको साथबाट १ लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने ३ गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...