Skin_Hospital_Dhn

अत्तरियामा मृत भेटिएका पुरुषको सनाखत

धनगढी: कैलालीको अत्तरियामा मृत भेटिएका पुरुषको सनाखत भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरिया चौराहनजिकै रहेको दुर्गा मन्दिर परिसरमा गत बुधबार फालिएको अवस्थामा फेला परेका पुरुष डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको पुष्टि भएको हो।

मृतकका दाजु राम कैनीले जगदीशको सनाखत गरेका हुन्। प्रहरीले शव पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हालसम्म हत्यामा संलग्न व्यक्तिहरूको पहिचान हुन नसके पनि अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको छ।

प्रहरीका अनुसार मृतक कैनी केही समयदेखि परिवारको सम्पर्कमा नरहेका कारण शवको पहिचानमा ढिलाइ भएको हो। घटनाको प्रकृति र शवको अवस्था हेर्दा हत्या योजनाबद्ध देखिने प्रहरीले अनुमान गरेको छ।

सम्बन्धित
Loading...