
धनगढीः कैलालीको धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ छ।

धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको शुक्रवार मृत्यु भएको हो। पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको हो।

करेन्ट लागेर घाइते भएकी कुँवरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएकोमा उनलाइ चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको हो। मृतक विमलाका छोरा ३ वर्षीय प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइन्छ।
