
धनगढीः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१ गौरीशङ्कर सामुदायिक वनस्थित नेपाल भारत सिमानामा रहेको ८०२ नं. पिल्लर नजिकबाट ४९२ ग्राम लागुऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने ३९ वर्षीय बिर्ख रोकाया पक्राउ परेका प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइन्छ।
