
काठमाडौं: आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ।

स्पीनर युवराज खत्रीले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो। ओमानका लागि जीत व्रजेश साहले अर्धशतक बनाए। ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए। सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए।

नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १-१ विकेट लिए। नेपालले पहिलो खेलमा यूएईलाई हराइसकेको छ।
