Skin_Hospital_Dhn

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं: नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो ।

११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालकाे जितमा ओपनर निराज कुमार यादवले ३१ बलमा ४६ रन बनाए। उनले ५ चाैका र दुई छक्का प्रहार गरे।

यस्तै अर्का ओपनर शाहिल पट्टेल ४४ रनमा आउट भए। उनले ४२ बलमा तीन चाैका र एक छक्का प्रहार गरे। कप्तान नरेन भट्टले १२ र सन्ताेष कार्की १० रनमा अविजित रहे।

त्यसअघि युवराज खत्रीको पाँच विकेटमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको थियो । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।

जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए । नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १-१ विकेट लिए ।

पहिलो खेलमा यूएईलाई हराइसकेको नेपालले अब तेस्रो खेलमा बुधबार हङकङसँग खेल्ने छ । पहिलो खेलमा यूएईलाई हराएको अफगानिस्तानले आज भएको अर्को खेलमा हङकङलाई हराएको छ ।

नेपाल, अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी यस छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुनेछन् ।

सम्बन्धित
Loading...