Skin_Hospital_Dhn

टीकापुरमा सर्पको टोकाइबाट बालकको मृत्यु

धनगढी: कैलालीको टीकापुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमवार सर्पको टोकाइबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए। उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ।

सम्बन्धित
Loading...