
धनगढी: कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

मंगलबार साझ लागूऔषधसहित गोदावरी नगरपालिका- ४ बसन्तपुरका १८ वर्षीय योगेश जोशी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले जोशीको नाकको दाहिने प्वाल भित्र लुकाईछिपाई राखेको १ ग्राम ३३० मिलिग्राम लागूऔषध (हेरोइन)सहित पक्राउ गरेको गरेको जनाइएको छ।
