Skin_Hospital_Dhn

जब सुदूरपश्चिमका मुख्यमन्त्री शाह बाचा पूरा गरेरै फर्किए…

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफूले गरेको प्रतिबद्धता पूरा गरेका छन्। दोस्रो कार्यकाल सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेका शाहले आफूले गरेका बाचा पूरा गरिरहेका छन्।

करिब एक हप्ता संघीय राजधानीको बसाइँपछि कैलाली क्षेत्र नम्बर २ का लागि बोल्नेभन्दा पनि परिणाम मुखी बनाउने गरी कैलालीको चिसापानी–मंगलसेन सडकको वर्षौंदेखिको समस्या समाधान हुनेगरी मुख्यमन्त्री शाह धनगढी फर्किएका छन्।

चिसापानी–कुइने सडक निर्माणको मागसहित स्थानीय नेत्र भण्डारी अनसन बसेका थिए। भण्डारीका माग सम्बोधन हुनेगरी रुख कटानसम्बन्धी सबै समस्या समाधान गरी सम्झौता लिएर फर्कन्छु भन्ने मुुख्यमन्त्री शाहले बाचा गरेका थिए। र, भण्डारीलाई अनसन ताड्न आग्रह गरेका थिए। मुख्यमन्त्रीको शाहको आग्रहलाई स्वीकार गर्दै भण्डारीले अनसन तोडेका थिए।

 

मुख्यमन्त्री शाहको अग्रसरतामा चिसापानी–मंगलसेन सडकको १६ किलोमिटर खण्ड स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढेको छ। चिसापानी–कुइने सडक निर्माणका लागि ४ सय ७२ वटा रुख काट्न सम्झौता भएको छ। मंगलबार संघीय वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभागबीचमा सम्झौता भएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ चिसापानी–मंगलसेन सडकको १६ किलोमिटर खण्डको स्तरोन्नतिका लागि वन ऐन, २०७६ को दफा ४२ को उपदफा १० बमोजिम राष्ट्रिय वनको आठ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्ने दिने सम्झौता पत्रमा उल्लेख छ। मुख्यमन्त्री शाहको सक्रियातामा सो सडकखण्डमा पर्ने राष्ट्रिय वनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउने सम्झौता भएको हो।

चिसापानी–मंगलसेन सडकका लागि मुख्यमन्त्री शाहले निकै सक्रियाता देखाएका थिए। यसअघि संघीय सरकारले ७.२ किलोमिटर ठेक्का सदर गरेपनि रुख कटानीको आदेश नभएकाले सो कार्य अघि बढ्न नसको अवस्थामा मुख्यमन्त्री शाहले सो सडकको स्तरोन्नतिका लागि रुख÷पोलहरु हटाउने सम्बन्धमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, वन तथा वातावरण मन्त्रालयका सचिव, भौतिक पुर्वाधार तथा यातायात विकास मन्त्रालयका सचिव, वन तथा भूू–संरक्षण विभागका उपमहानिर्देशक, सडक विभागका महानिर्देशकसहित भू–वातावरण तथा सामाजिक शाखाका प्रमुख र सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुखसँग भेट गरेका थिए।

प्रदेश गौरवको योजनाभित्र रहेको यस सडकलाई उनले चालु आव २०८१/८२ मा प्रदेश सरकारले उक्त सडकखण्ड स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिकामा–७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि २१ करोड ७३ लाख, साघुरे खोलामा मोटरपुल निर्माणका लागि १९ करोड ४४ लाख र चिसापानी–सोल्टा सडक स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजित गरिएको बताए। रुख काट्ने सम्झौता भएसँगै अब सडक स्तरोन्नतिको कामले तीव्रता पाउने आशा गरिएको छ।

हेर्नुस् सम्झौता पत्र–

यी सामग्री पनि पढ्नुहोस् :

चिसापानी–कुइने सडक निर्माणका लागि रुख काट्न सम्झौता

मुख्यमन्त्री शाहको पहलमा चिसापानी–मंगलसेन सडकले पूर्णता पाउँदै !

सम्बन्धित
Loading...