Skin_Hospital_Dhn

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ ।
आज (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । नवनियुक्त मन्त्रीहरूले शीतलनिवासमा आज (शुक्रवार) आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कांग्रेसबाट उपप्रधान र रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुङले मन्त्रीको शपथ लिएका छन् ।

माओवादीबाट शक्ति बस्नेतलाई ऊर्जा मन्त्रीको रूपमा शपथ खुवाइएको छ । त्यस्तै, नेकपा एसबाट बेदुराम भुसालले कृषि तथा पशुपन्छी र प्रकाश ज्वालाले भौतिक पूर्वाधार मन्त्रीको रूपमा शपथ लिएका छन् ।

जसपाबाट अशोक राई शिक्षा मन्त्री बनेका छन् भने लोसपाबाट शरतसिंह भण्डारीले श्रम मन्त्रीको रूपमा शपथ लिएका छन् ।

नेपाल समाजवादीबाट पार्टीबाट महेन्द्र राय यादव महिला बालबालिका र नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री बनेका छन् । पुरानामध्ये नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । उनी गृहमन्त्री बनेका छन् ।

अझै प्रधानमन्त्रीसँग ५ वटा मन्त्रालय बाँकी छन् । ५ मन्त्रालयमध्ये ४ वटा कांग्रेसको भागमा परेका मन्त्रालय हुन् ।

सम्बन्धित
Loading...