Skin_Hospital_Dhn

जेठ ५ मा काँग्रेस कैलालीको जिल्ला सम्मेलन

धनगढी ।
कैलारी गाउँपालिकाकाको हसुलियमा नेपाली काँग्रेस कैलालीले जिल्ला सम्मेलन गर्ने भएको छ । जिल्ला कार्यसमितिले आगामी जेठ ५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

आज (शुक्रबार) कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित फलेबिसौनामा काँग्रेसका पार्टी सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको १० औं बैठकले हसुलियमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको कांग्रेस कैलाली जिल्ला कार्यसमितिका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले बताए ।

शुक्रबारको १०औं जिल्ला कमिटि बैठकले पार्टीको अहिले सम्मका क्रियाकलाप समेटेर संगठानिक दस्तावेजिकरण पुस्तक प्रकासन गर्ने निर्णय गरेको प्रचार–प्रसार विभाग प्रमुख भुषालले बताए । काँग्रेस पार्टी कार्यालय र पत्रकार महासंघको बिचमा रहेको जमिनमा बिपि स्मृती बैगचा पुस्तकालय निर्माण गर्ने निर्णय गरेको छ । सो दस्तावेजिकरण पुस्तक प्रकाशनका लागि कैलाली जिल्ला सचिव केशव मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।

राष्टिय लोकतन्त्र दिवस २१ बैशाख पाँच वटै निर्वाचन क्षेत्रमा मनाउने निर्णय समेत गरेको छ । जिल्ला सम्मेलन अघि कांग्रेसले वडा स्तरिय, पालिका स्तरिय, प्रदेश निर्वाचन क्षेत्र र संघिय निर्वाचन क्षेत्र स्तरिय सम्मेलन गर्ने छ । प्रचार–प्रशार विभाग प्रमुख भुषालका अनुसार वडा सम्मेलन बैशाख ५ गते देखि १० सम्म गर्ने, बैशाख १२ गते देखि १५ गते सम्म पालिका सम्मेलन गर्ने, बैशाख १७ गते देखि २० गते सम्म प्रदेश निर्वाचन क्षेत्र स्तरिय सम्मेलन गर्ने र बैशाख २२ गते देखि २५ गते सम्म संघिय निर्वाचन क्षेत्रको सम्मेलन गरिने छ ।

सम्मेलन अघि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि संग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्ने निर्णय भएको भुषालले बताए । सम्मेलन सम्पन्न गर्नका लागि नेपाली कांग्रेसले कैलाली जिल्ला उप सभापति खेमराज डगौंरा थारुको संयोजकत्वमा समिति गठन गरेको छ ।

बैठकले बैशाख ११ गते पर्ने लोकतन्त्र दिवस कैलालीका ५ वटै संघिय निर्वाचन क्षेत्रमा मनाउने निर्णय समेत गरेको छ ।

सम्बन्धित
Loading...