Skin_Hospital_Dhn

धनगढीमा मकैको क्रेज !

धनगढीः ठेलाभरी मकै। पोलेको मकैको पर्खिएरहेका थिए ग्राहक। यो दृश्य आजभोलि धनगढीस्थित राष्ट्र बैंक चोकमा देखिन्छ।

काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन। त्यसैको एक उहादरण हुन्, सुखियादेवी। उनी धनगढीस्थित राष्ट्र बैंक चोकमा ठेलामा पोरेर मकै बेच्ने गर्छिन्। उनलाई उनकी छोरीले पनि साथ दिएकी छिन्।

मकै नै बचेर उनले दैनिक एक हजारभन्दा बढी कमाइ गर्छिन्। मकै खानकै लागि उनको ठेला वरपर ग्राहकहरू कुरेर बस्छन्।

छोराछोरीको स्कुल खर्चका साथै घर खर्च पनि उनले मकै बेचेर नै जोहो गर्छिन्। मकै खान सर्वसाधारणदेखि कर्मचारी, पत्रकारहरूसमेत पुग्छन्।

सम्बन्धित
Loading...