Skin_Hospital_Dhn

आजको मौसमः सबै प्रदेशका अधिकांश ठाउँमा वर्षाको सम्भावना

काठमाडौं ।
हाल मुलुकमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुशार आज (शनिबार) बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी प्रदेश, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित
Loading...