Skin_Hospital_Dhn

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट वडा प्रहरी कार्यालय धनगढी, प्रहरी चौकी त्रिनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१०१० प ८९४८ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय अभिषेक शाह र कैलारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय श्यामबहादुर चौधरीलाई पक्राउ गरेको हो।

उनीहरुलाई चेकजाँच गर्दा शाहको साथबाट १ ग्राम ८५० मिलिग्राम खैरो हिरोइन फेला परेको थियोे। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...