
धनगढी: कैलालीमा एक बालकमाथि हँसिया प्रहार भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कँडेलका ४ वर्यीया छोरा प्रेममाथि हँसिया प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले प्रेम आगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कँडेलले पराल र भुषा राखेको कोठमा लगेर गर्धनमा हँसिया प्रहार गरेको पाइएको बताए।

बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ। हँसिया प्रहार गर्ने अर्जुनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीले जनाएको छ।
