Skin_Hospital_Dhn

धनगढीमा खैरो हेरोइनसहित पक्राउ परे गेटा आँखा अस्पताल बाजुराका प्रमुख

धनगढीः गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित निगम बानियाँ लागुऔषधसहित पक्राउ परेका छन्।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रवार दिउँसो धनगढीको चौराहबाट लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा बानियाँसहितका दुईजनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लास्टिकसहित १० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

उनीसँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेका छन्। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित
Loading...