Skin_Hospital_Dhn

कैलालीमा बस र माइक्रोबस जुधे, चालकसहित १० जना घाइते

धनगढी: कैलालीमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा चालकसहित १० जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र०१–००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२–००१ ज ०६३९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा माइक्रो बस चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने २३ वर्षीय भुवनबहादुर महरा गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि धनगढी पठाइएको छ। अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। बस चालक गोदावरी नगरपालिका–१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार छन्।

सम्बन्धित
Loading...