Skin_Hospital_Dhn

नेपाली क्रिकेटर अविनाशले गरे विवाह

काठमाडौँ: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रतिज्ञा खनालसँग लगन गाँठो कसेका हुन् ।

दुवैले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । क्रिकेट फ्यानहरूले नवजोडीलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।

२७ वर्षीय बोहराले नेपालका लागि २ एकदिवसीय र ६२ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले हालसम्म टी२० मा ७५ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन ११ रन खर्चेर ६ विकेट लिनु हो ।

उनले एपीएफ, कान्तिपुर गुर्खाज, बुटवल ब्लास्टर्स र भैरहवा ग्लाडिएटर्सबाट क्लब क्रिकेट खेलिसकेका छन् ।

सम्बन्धित
Loading...