
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।
एम चिन्नास्वामी स्टेडियम बैंगलुरुमा भएको खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५ विकेटले पराजित गरेको हो ।

वर्षाका कारण १४ ओभरमा घटाइएको खेलमा बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो ।

पञ्जाबका लागि नेहाल बधेरा ३३ रनमा अविजित रहे । यस्तै, प्रियान्स आर्याले १६, जोस इंग्लिसले १४ र प्रभसिमरन सिंहले १३ रनको योगदान दिए । बेंगलुरुका जोश हेजलवुडले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रनको योगफल तयार पारेको थियो ।
बैंगलुरुका लागि टिम डेभिड अविजित ५० रनमा अविजित रहँदा कप्तान रजत पाटिदारले २३ रन जोडे ।
पञ्जाबका मार्को जानसेन, युजभेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित ब्रारले २-२ तथा जेभियर बार्टलेटले १ विकेट लिए ।
जितसँगै पञ्जाब आईपीएलको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबले ७ खेलमा १० अंक जोडेको छ । समान ७ खेलमा ८ अंक भएको बैंगलुरु भने चौथो स्थानमा झरेको छ ।
