Skin_Hospital_Dhn

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

काठमाडौँत ।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि घरेलु टिम नेपालले जितेको छ । फाइनलमा नेपालले लाओसलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

दशरथ रंगशालामा हिजो (शुक्रबार) भएको खेलमा १–० ले पछि परेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । लाओसका फौथाभोङ साङभिलाले गोल गर्दै नेपाललाइ १–० ले पछि परेको थियो । तर खेलको २४औँ मिनेटमा आयुस घलानले गोल गर्दै नेपाललाई १–१ को बराबरी दिलाए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो । खेलको ७४औँ मिनेटमा अन्जन विष्टले प्रहार गरेको बल लाओसको गोलकिपरले बचाएको बललाई मनिष डाँगीले गोल गरे । तर, उनको गोल अफसाइड हुन पुग्यो ।

योसँगै नेपालले २–१ अग्रता बनाउने अवसर गुमायो । खेलको ८७औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । जितसँगै नेपालले पाँच हजार अमेरिकी डलर पाएको छ । उपविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर पाएको छ ।

सम्बन्धित
Loading...