Skin_Hospital_Dhn

वर्षाले नेपाल र अफगानिस्तानको खेल प्रभावित

काठमाडौं: आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।

खेल बिहान साढे ९ बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि सुरु हुन सकेको छैन। वर्षाका कारण खेल हुन नसकेको हो। खेल मुलपानी मैदानमा हुने भनिए पनि वर्षा भएका कारण सुरु हुन सकेको छैन।

प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग निर्णायक खेल खेल्न लागेको हो। आजको खेल जिते नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू–१९ विश्ककपमा छनोट हुनेछ।

नेपालले लगातार तेस्रो जित निकाल्ने क्रममा बुधबार हङकङविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो। त्यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले र दोस्रो खेलमा ओमानविरुद्ध आठ विकेटको जित निकालेको थियो।

नेट रनरेटमा अफगानिस्तान अगाडि छ। आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ।

सम्बन्धित
Loading...