
बैतडी: पुर्चौंडी नगरपालिकाले १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ। पुर्चौंडी–१ स्थित कमल विशाल पार्कमा सम्पन्न भएको प्रतियोगितामा पुर्चौंडी नगरपालिकाले ९ स्वर्ण १० रजत र ७ कास्य गरी २६ पदक हात पार्दै उपाधि जितेको हो।
शुक्रबार सम्पन्न प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाले द्वितीय स्थान हासिल गरेको छ। दोगडाकेदारले ९ स्वर्ण, ३ रजत र १ कास्य गरी १३ पदक जितेर द्वितीय स्थान हासिल गर्यो।


प्रतियोगितामा मेलौली नगरपालिकाले तृतीय भयो। मेलौलीले ८ स्वर्ण, ६ रजत र ६ कास्य गरी २० पदक हात पार्दै तृतीय स्थान हात पारेको हो।
पाटन नगरपालिकाले ३ स्वर्ण २ रजत र ४ कास्य प्राप्त गरेको छ। सिगास गाउँपालिकाले ७ स्वर्ण ६ रजत ५ कास्य प्राप्त गरेको छ। शिवनाथ गाउँपालिकाले १ रजत र २ कास्य प्राप्त गरेको छ। दनपाले स्वर्ण ३ स्वर्ण, १२ रजत र ६ कास्य प्राप्त गरेको छ।
डिलासैनी गाउँपालिकाले १ स्वर्ण, ३ रजत प्राप्त गरेको छ। सुर्नया गाउँपालिकाले २ स्वर्ण र २ कास्य प्राप्त गरेको छ। पञ्चेश्वर गाउँपालिकाले १ रजत ३ कास्य प्राप्त गरेको छ। गत वर्षको प्रतियोगितामा प्रथम स्थान हासिल गरेको मेलौली नगरपालिकाले यसवर्ष भने तेस्रो स्थानमा चित्त बुझाएको छ।
जिल्ला खेलकुद विकास समिति बैतडीको आयोजना तथा पुर्चौंडी नगरपालिकाको सहआयोजनामा यहीँ बैशाख ३ गते देखि १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा बैतडीका १० वटै स्थानीय तहको सहभागिता थियो।
