
धनगढी: माइक्रोबसको ठक्करबाट कैलालीमा सशस्त्र प्रहरीका एक हवल्दार घाइते भएका छन्।

महेन्द्र राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–५ मा बा ५ ख ४३१७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१०११ प ५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका छन्। उनको धनगढीमा उपचार भइरहेको छ।
हवलदार बमुराजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत छन्। उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको बताइन्छ। बस र चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने ३९ वर्षीय कृष्ण थारूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
