Skin_Hospital_Dhn

अफगानिस्तानसँगको खेल रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल

काठमाडौं: आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ।

शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेका कारण खेल रद्द भएको हो। पानी रोकिए पनि मैदान नसुकेपछि खेल रद्द गरिएको छ।

खेल रद्द भएसँगै नेपाल यू-१९ विश्वकपमा पुग्न असफल भएको। नेपाल र अफगानिस्तानले छनोट प्रतियोगितामा तीन-तीन खेल जिते पनि रन रेटका आधारमा शीर्षस्थानमा रहँदै अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो।

सम्बन्धित
Loading...