Skin_Hospital_Dhn

धनगढीमा ६ सय पाँच ग्राम चरेससहित एकजना पक्राउ

धनगढी:  ६ सय पाँच ग्राम चरेससहित धनगढीमा एक जना पक्राउ परेका छन।

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट चरेससहित ३६ वर्षीय सूर्यबहादुर सुनार पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले शनिवार दिउसो सोही ठाउँका सूर्यबहादुरलाई चरेससहित पक्राउ गरिएको बताएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई चरेससहित पक्राउ गरेको हो।

सम्बन्धित
Loading...