Skin_Hospital_Dhn

‘उज्यालो धनगढी’ अभियान : धनगढी–स्याउले सडकका पोलमा बत्ती जडान गरिँदै

धनगढी: ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकाले बत्ती जडानको काम फेरि थालेको छ।

धनगढी–स्याउले सडकका पोलहरूमा बत्ती जडानको काम सुरु भएको हो। ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत हाल नौ सय ५४ वटा बत्ती विभिन्न सडकका पोलहरूमा जडान गरिने भएको छ।

धनगढी–दीपायल द्रुतमार्ग, हुलाकी राजमार्ग, राजपुल–भन्सार रिङ्ग रोड, क्याम्पस चोक–जाखोरताल सडक, बेहडाबाबा मन्दिर जाने सडकको पथरी क्षेत्रका विद्युतक पोलहरूमा बत्ती जडान गरिँदैछ।

उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभिया अन्तर्गत काम जारी रहेको जनाएको छ। क्रमिक रूपमा ‘उज्यालो धनगढी’ अभियान जारी रहने उपमहानगरपालिकाले बताएको हो। धनगढी उपमहानगरपालिका क्षेत्रका सडकहरूमा उज्यालोका लागि बत्ती जडानको काम क्रमिक रूपमा अगाडि बढ्ने बताइएको छ।

उपमहानगरपालिकाले जनघनत्व तथा भिडभाड हुने क्षेत्रमा एक सय २० वाट क्षमताका बत्ती जडान गर्दै छ। तर, जनघनत्व काम भएको क्षेत्रमा ५० वाट क्षमताका बत्तिसमेत जडान गरिने छ। धनगढी उपमहानगरपालिकाले ४४ लाख बढीको लागतमा ठेक्का मार्फत बत्ती जडानको काम थालेको हो।

उपमहानगरपालिकाले अत्तरिया–धनगढी ६ लेन सडक, धनगढीको चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडकसहित सहरी विकासले निर्माण गरेका सात वटा सडकहरूमा समेत विद्युतीकरणको काम गरेको थियो।

धनगढीका मुख्य–मुख्य बजार तथा चोकहरूमा हाइमास्क लाइटहरू पनि जडान गरिएका छन्। विद्युतीकरण तथा ‘उज्यालो धनगढी’ अभियान निरन्तर अगाडि बढ्ने उपमहानगरपालिकाले जनाएको छ।

सम्बन्धित
Loading...