Skin_Hospital_Dhn

धनगढीमा वैशाख १९ र २० गते ‘आत्मरक्षा तालिम’ दिँदै कैलाली मोडेल मावि

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यमिक विद्यालले दुईदिने आत्मरक्षा तालिम दिने भएको छ।

कैलाली मोडेल माविले यहीँ वैशाख १९ र २० गते आत्मरक्षासम्बन्धी तालिम दिने भएको हो। विद्यालयकै प्राङ्गणमा तालिम दिइने कैलाली मोडेल माध्यमिक विद्यालयका तेक्वान्दो डोजाङ्गका डोजाङ्ग प्रमुख पृथ्वीराज घिमिरेले बताए। तालिममा इच्छुक सबैले सहभागी हुन पाउने उनले बताए।

पछिल्लो समय सामाजमा मौलाउँदै गएका बिकृतिहरूले विशेष गरेर महिलाहरूलाई समस्या, चुनौती भइरहेको हुँदा आफूमाथि आइपर्ने विभिन्न किसिमका समस्याहरूबाट सुरक्षित रहनका लागि तालिम दिइने विद्यालयका प्राचार्य तपेन्द्रबहादुर सिंहले जानकारी दिए।

सम्बन्धित
Loading...