
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ।

बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरुले प्रदर्शन थालेका थिए।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।
