Skin_Hospital_Dhn

सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

धनगढी: सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटले विभिन्न कार्यक्रम गरी पाँचौँ वार्षिकोत्सव मनाएको छ।

उक्त सहकारीले वैशाख १ गतेदेखि आइतबार (वैशाख ७ गते) सम्म साताव्यापी विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो।

 

वार्षिकोत्सवको अवसरमा आइतबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। उक्त रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीका प्रबन्धक टीकाराम जोशीले जानकारी दिए।

रक्तदान कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत दीपक उपाध्यायलाई सम्मान पनि गरिएको थियो। उपाध्याय सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्त हुन्।

सप्ताहव्यापी कार्यक्रमअनुसार सहकारीले पहिलो दिन शुभकामना आदान प्रदान, दोस्रो दिन भित्तेपात्रो वितरण, तेस्रो दिन जलपान कार्यक्रम, चौथो दिन आमाको माया छत्रावासमा खिर खुवाउने, पाँचौं दिन शिवपुरी धाममा लत्ताकपडा वितरण र छैटौँ दिन सुगर, प्रेसर क्याम्प कार्यक्रम आयोजना गरेको थियो।

सम्बन्धित
Loading...