Skin_Hospital_Dhn

गाडीमा आगोलाग्दा ताप्लेजुङमा चार जनाको ज्यान गयो

झापा: विद्युत प्राधिकरणको लापरवाहीका कारण सडकमा लत्रिएको करेन्टयुक्त तारमा अल्झेर गाडीमा आगोलाग्दा ताप्लेजुङमा चार जनाको ज्यान गएको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको ज्यान गएको हो।

ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा लत्रेको बिजुलीको तारमा गाडी अल्झिँदा मे १ ज ३०११ नम्बरको बोलेरोमा आगो लाग्दा ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य र उनका छोरा १० वर्षीय भविमय आचार्य रहेका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गाडीमा ६ जना रहेको र अन्य घाइते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उनका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित
Loading...