Skin_Hospital_Dhn

लागूऔषधसहित धनगढीमा पक्राउ परे दुई किशोर

धनगढीः लागूऔषधसहित धनगढीमा दुई किशोर पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट बा ६४ प ९३४२ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–१३ बस्ने दुई किशोर आइतवार पक्राउ परेका हुन्।

उनीहरूलाई ७ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित
Loading...