Skin_Hospital_Dhn

मोटरसाइकलको ठक्करबाट कैलालीमा बालक घाइते

धनगढी: मोटरसाइकलको ठक्करबाट कैलालीमा एक बालक घाइते भएका छन्।

टीकापुर नगरपालिका–१ खडकचोकमा २३ वर्षीय प्रविन भाटले चलाएको से ३ प २०३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा १० वर्षीय जोन तिरूवा घाइते भएको प्रहरीले जनाएको छ। उनको नाक, मुख र बाँया खुट्टामा चोट लागेको छ। चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित
Loading...