
काठमाडौं: नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको दायर रिट आजका लागि पनि पेशी तोकिएको छ।

हिजो हेर्न नभ्याइनेमा रहेको रिट आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासको १३औं नम्बरमा छर

अधिवक्ता विशाल थापाले गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न र उक्त रिटमाथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डाक्ट गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पुनरावेदन निवेदन दिएका थिए।
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै सोही रिटमाथि निवेदकहरूले भट्टको योग्यता नपुग्ने दाबीसहित गभर्नर नियुक्ति नगर्न मागसहित शुक्रबार पूरक निवेदन दिएका थिए।
