Skin_Hospital_Dhn

प्रधानमन्त्री ओली र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र मुख्यमन्त्री शाहबीच भेट भएको हो। भेटमा सुदूरपश्चिम प्रदेशको विकासका सन्दर्भमा कुराकानी भएको बताइन्छ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई सोही अवसरमा जानकरी गराएका थिए।

उनले आर्थिक वर्ष ०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। भेटमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल उपस्थित थिए।

सम्बन्धित
Loading...