
काठमाडौँ: सप्तकोशी नदीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता भएका छन्। सुनसरीको बराक्षेत्र नगरपालिका १ स्थित बराहमन्दिर नजिकै नुहाउने क्रममा मामा-भान्जा बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा सुनसरीको इटहरी उपमहानरपालिका १६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका छन्।

सोमबार ८:४० बजे जेनिस नुहाउने क्रममा नदीमा डुबेपछि नवराज बचाउनका लागि नदीमा पसेकोमा उनी पनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
उनीहरूको खोजीका लागि इन्स्पेक्टरको नेतृत्वमा १५ जनाको प्रहरी टोली र डिएसपीको नेतृत्वमा गोताखोरसहितको सशस्त्र प्रहरीको टोली गरी ५० जना बढी परिचालित भएका छन्
