
रूपन्देही: १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दीपककुमार क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

दीपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
