Skin_Hospital_Dhn

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयले भट्टराईको राजीनामा पत्र आइसकेको जानकारी दिएको छ। २० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला भट्टराईको राजीनामा आएको हो ।

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी राजधानीमा आन्दोलित शिक्षकका माग पूरा गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार बनिरहेका बेला विभागीय मन्त्रीले पद त्यागेकी हुन् ।

शिक्षकहरूले उठाएका मागहरूबारे यसअघि वैशाख २ गते शिक्षामन्त्री भट्टराई र सभामुख देवराज घिमिरेबीच वार्ता पनि भएको थियो । सभामुखले त्यसदिन मन्त्री भट्टराई र विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग संवाद गरेका थिए ।

त्यसबेला मन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसद्को‍ आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको बताएकी थिइन् । तर उनले यसो भने पनि शिक्षकका माग पूरा गर्ने दिशमा प्रधानमन्त्री ओली अझै सकारात्मक छैनन् ।

सम्बन्धित
Loading...