Skin_Hospital_Dhn

‘उपसचिव हुँ’ भन्‍दै ठगी गरेको आरोपमा जानकी पक्राउ

काठमाडौं: ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्‍दै विभिन्न व्यक्तिसँग गरी ७ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको घर भई हाल ललितपुर-२५ बस्‍ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छिन् । उनलाई प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जिसीले बताए ।

एसपी जिसीका अनुसार उनले विभिन्न व्‍यक्तिलाई फरक-फरक परिचय दिँदै आफू कानुन मन्त्रालयको उपसचिव भएको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विभिन्न शीर्षकमा ठेक्का मिलाइदिएबापत ७ लाख ६० हजार ८ सय रुपैयाँ ठगी गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...