Skin_Hospital_Dhn

प्राथमिकताका आधार योजना छनोट गर्न मुख्यमन्त्री शाहको आग्रह

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सामर्थ र क्षमताका आधार योजना छनोट गर्न आग्रह गरेका छन्।

सोमबार टीकापुर नगरपालिका, ७ बैदीमा समुदायमा आधारित जोखिम न्यूनीकरण परियोजना मार्फत बनेको नवनिर्मित पक्की भवनको उद्घाटन गर्दै उनले विश्वमा आएको आर्थिक मन्दीको प्रभाव नेपालमा पर्नसक्ने र आगामी बजेट खुम्चिन सक्ने भएकाले प्राथमिकताका आधार योजना छनोट गर्न आग्रह गरेका हुन्।

‘योजना छनौट र निर्माण मात्र होइन,’ मुख्यमन्त्री शाहले भने, ‘लगानी गरिएका योजनाको संरक्षण र लगानीको समुचित सदुपयोग गर्नु जरुरी छ।’ नेपाल अझै भनौ त्यसमा पनि सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेकोले पूर्व तयारीका लागि सबै लाग्नु रहेको सोही अवसरमा उनले बताए।

वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका जनताहरूको लागि उचित प्रबन्ध मिलाउनुपर्ने मुख्यमन्त्री शाहले बताए। कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री शाहले विभिन्न स्वार्थ प्रेरित समूहहरू भ्रम फैलाएर आफ्नो स्वार्थपूर्ति गर्न लागेकोले सबैजना यसतर्फ सचेत हुन जरुरी रहेको औंल्याए।

सम्बन्धित
Loading...