
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–७ को रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

से ७ प ७२७५ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते कुश्मीको नेपालगन्ज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
