
धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–७ को मगर टोलस्थित भित्री सडकखण्डमा ३४ वर्षीय देवबहादुर साउदले चलाएको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा परेका साउदको बेहोस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढी पुगाइएको छ। उनले घरमा राखेको अवस्थामा सागर साउदको नम्बर नखुलेको मोटरसाइकल चलाएका थिए।
