
धनगढीः कञ्चनपुरमा जलेको अवस्थामा एक पुरुषको शव भेटिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–१० शिवनगरमा जलेको अवस्थामा मोटरसाइकल र शव फेला परेको हो।

तोरीको भुसामा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
शवको पहिचान भने खुलेको छैन। घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको बताइन्छ।
