Skin_Hospital_Dhn

आजको मौसमः यी दुइ प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं ।
हाल मुलुकमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का रक्षणिक वर्षाको सम्भावना रहेको छ।

उता राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...