Skin_Hospital_Dhn

दुई लाख नजिक पुग्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य झन्डै दुई लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो।

केही समयदेखि लगातार उकालो लागेको सुनको मूल्य २ लाख पुग्ने रफ्तारमा देखिन्छ। यसअघि सोमबार सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ।

सम्बन्धित
Loading...