
काठमाडौं ।
आज (आईतवार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

मन्त्रिपरिषद्को पूर्णता, उपनिर्वाचन र समय सामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज १९ गते आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
