Skin_Hospital_Dhn

डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु

धनगढी: डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको जोरायाल गाउँपालिका– १ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका- २ मलेना बस्ने ३२ वर्षीय चालक अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए।

कैलालीको धनगढीबाट बझाङतर्फ गइरहेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनीट्रक अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको थियो।

सम्बन्धित
Loading...